शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढ्यो
वि.सं.२०८० माघ ५ शुक्रवार ११:२४
4.65K
shares
shares

काठमाडौं, ५ माघ । शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ समेत बढेको छ। चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो।
शुक्रबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

















