रिलायबल नेपाल लाइफको आम्दानी २ अर्ब ४१ करोड
वि.सं.२०८० माघ २३ मंगलवार ०९:५७
shares

काठमाडौं, १२ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आलु आर्थिक वर्षको पुस मसान्त अर्थात दोस्रो त्रैमाससम्ममा २ अर्ब ४१ करोड २९ लाख ५० हजार आम्दानी गरेको छ ।
इन्स्योरेन्सको गरेको उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १२.७९ प्रतिशतले वढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब १३ करोड ९४ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
आम्दानी वढेसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । पुस मसान्तसम्ममा रिलायबलले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी नाफा हो ।
दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत, खुद दाबी भुक्तानी २१.७८ प्रतिशत, कुल खर्च १३.६८ प्रतिशतले बढेको छ ।
रिलायबलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।














