Dhulikhel Eco Banner new

६ महिनामा ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर थपिए

4.16K
shares

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

महिनामा ६४ अर्ब ९५ करोड बराबरको साधारण शेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र ३ करोड बराबरको एफपीओ थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

दोस्रो त्रैमासमा नेपाल धितोपत्र बोर्डले २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

२०७९ पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ । २०८० पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण ३३३० अर्ब ७५ करोड कायम भएको छ । २०७९ पुस मसान्तमा बजार पुँजीकरण १०३ अर्ब १६ करोड रहेको थियो ।

२०८० पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, लविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्ता मूल्य ८०९ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।