Dhulikhel Eco Banner new

ओलीको भ्यू टावर र ७५३ स्थानीय तहको अस्पताल प्रति अर्थमन्त्रीको कटाक्ष

6.62K
shares

काठमाडौं, २४ माघ । केपी शर्मा ओलीको पालामा बनेका भ्यू टावर र ७५३ वटा स्थानीय तहमा उद्घाटन गरिएको १५ शैयाको अस्पतालमा अर्थमन्त्री डा. प्रकासशरण महतले कटाक्ष गरेका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकउत्सवका आवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाहरुको भूमिका’ भन्ने अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले कटाक्ष गरेका हुन् ।

महतले समग्र देशको आर्थिक दायित्व बढेको बताउँदै विना सोचि सम्झी योजनाहरु घोषणा गर्ने प्रवृति बढेको बताए । ‘जहाँ केन्द्रको, जिल्लाको हस्पिटल छ, त्याहाँ हस्पिटल घोषणा गरेको छ’, महतले मन्तव्यको क्रममा भने, ‘कतिपय ठाउँमा भवन बनेको छ, त्यसमा औजार छैन, डाक्टर छैनन् ।’

भ्यू टावर बन्दा त्यसमा डन्डी पनि विक्री भएको, कामदारले काम पनि पाएको तर बनिसकेपछि केही उत्पादन नभएको महतको भनाई थियो । ‘विल्डीङ बनेपछि के भयो त्यसले अब दुध दिन छाडो’, महतले भने, ‘आवश्यकता भन्दा बाहरीका सम्रचनाहरु गैर अनुपात्दक क्षेत्रमा खर्च भयो ।’

विना सोची विचारीत दीर्घकालिन दायित्व र दीर्घकालिन् योजना नबनाई आयोजना घोषणा गर्ने काम भएको महतको भनाई छ । त्यसको समग्र दायित्व भविश्यको लागि राखिएको उनको भनाई छ ।

‘पहिले खर्च गरियो त्यो भविश्यमा तिर्ने गरेर’, महतले भने, ‘अर्बैं रुपैयाँका ठेक्का लगाईए, बजेट ५ प्रतिशत पनि छैन, अहिले त्यो सम्पुर्ण तिर्नुपर्ने दायित्व यो सरकारले तिरिरहेको छ ।’

त्यस्तो वेथितिबाट बजेट गएको र त्यसलाई अनुसासनमा ल्याउने काम अहिले आफुले सुधारमा ल्याएको महतको भनाई छ । त्यो बेला भएको बेथितिलाई थितिमा ल्याउनको लागि अझ समय लाग्ने महतको भनाई छ ।

समग्र रुपमा देशको अर्थतन्त्र लयमा फकिन्दै गरेको र साझा प्रयासले मात्र अर्थतन्त्रले गति लिने अर्थमनत्री बताएका छन् । विस्तारै अर्थतन्त्रले गति लिएको र त्यसमा सबैले सघाउनु पर्ने भएको महतको भनाई छ ।

अहिले बाह् सुचकहरु एक्दमै राम्रो काम गरिरहेको अबस्था छ । आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको महतको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प छैन’, महतले भने, ‘ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्छ, माफी गर्न सक्ने आर्थिक श्रोत देशमा छैन, त्यसले गर्दा ऋण माफी हुन सक्दैन ।’