राष्ट्र बैंकले दियो संस्थागत निक्षेपकर्तालाई राहत
वि.सं.२०८० माघ २९ सोमवार २१:०२
4.02K
shares
shares

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ ।
नीतिगत परिवर्तन गर्दै राष्ट्र बैंकले गरेको मध्यावधि समीक्षाले संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने जनाएको छ ।
हाल संस्थागत मुद्धति निक्षेपको ब्याजदर रण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा २ प्रतिशत बिन्दुसम्मले न्यून राख्न पाउने व्यवस्था छ ।



















