यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८० फागुन २० आइतवार १३:२४
shares

काठमाडौं, २० फागुन । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीका संस्थापक शेयरधनीका नाममा हरेको ५२ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयर पहिलो कम्पनीको विद्यमान शेयरधनीको लागि बिक्री खुल्ला गरिएको छ । यदि अहिले भएका संस्थापक शेयरधनीले खरिद नगरेमा सर्वसाधरणको लागि खुल्ला गरिने कम्पनीले जनाएको छ ।
शेयर किन्ने शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । खरिद आवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिने छ ।














