मेसिन गनसहित पक्राउ परेका दुर्गा प्रसाईका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८० चैत ७ बुधवार १३:४६
shares

काठमाडौं, ७ चैत । सर्वोच्च अदालत परिसरबाट सोमबार मेसिन गनसहित पक्राउ परेका दुर्गा प्रसाईका अंगरक्षकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
सर्वोच्च अदालत परिसरबाट एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीले भने, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।”
सोमबार व्यवसायी प्रसाईको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू पक्राउ परेका थिए ।
सर्वोच्च गेटमा शरीर खानतलासी गर्ने क्रममा धिमालका साथबाट बन्दुक र झोलामा दुई–दुईवटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्ड र सय राउन्ड गोलीसमेत बरामद भएको थियो ।















