Dhulikhel Eco Banner new

बेनेली नयाँ वर्ष अफर : शुन्य ब्याजमा बाइक र १ लाख सम्मको छुट

2.55K
shares

काठमाडौं, ७ चैत । बेनेली बाइकको नपालको अधिकारीक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । जसमा शुन्य ब्याजमा बाईक र एक लाख सम्मको छुट अफर ल्याएको छ ।

नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै शुन्य(०) प्रतिशत ब्यजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ । अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था, मोडल हेरि १५ हजार देखी १ लाख रुपैयाँसम्मको छुट दिने कम्पनीले जनाएको छ ।

१९११ देखि प्रचलित इटालियन ब्रान्डका बेनेली बाइक नेपालमा केटिएम कम्पनीले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ । १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण हुँदै आएको छ ।