Dhulikhel Eco Banner new

आगामि वर्षको बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

4.77K
shares

काठमाडौं, २० चैत । आगामि आर्थिक वर्ष २०८१÷८२ को लागि अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।

आगामि बजेट तथा कार्यक्रम तर्जुमा गर्ने काम सुरु भइरहेको भन्दै सम्बन्धित सबै सरोकारवालासँग सुझाव माग गरेको जनाएको छ ।

आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा आफ्ना सुझाव २०८१ वैशाख मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराउन विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकमी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरेको छ ।