स्रोत नखुलेको ७२ लाखसहित चाबहिलबाट दुई जना पक्राउ
वि.सं.२०८१ जेठ २० आइतवार ११:५६
4.16K
shares
shares

काठमाडौं, २० जेठ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरू भोजपुरका हुन् । उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।
चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

















