Dhulikhel Eco Banner new

उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

4.1K
shares

उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। मंगलरबार आज मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका– १ फुलजोर खण्डमा टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विद्यालाल साहका अनुसार टिपरले ठक्कर दिँदा मोटरसाइकलचालक बेलका नगरपालिका– १ का वर्ष ३० का रविन श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका– ३ का वर्ष २४ का हिरा राईको मृत्यु भएको हो।

पूर्वबाट आइरहेको प्र.१–०२–००१ख८५१४ को टिपरले विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०५२प३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनले भने, ‘टिपरले ठक्कर दिएपछि गम्भीर घाइते दुवैजनालाई जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो। दुवैजनाको अस्पतालमै मृत्यु भएको हो।’

उनले ठक्कर दिने टिपर र टिपरका चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए।