Dhulikhel Eco Banner new

बुधबार पनि सुनको मूल्य स्थिर

3.93K
shares

काठमाडौं, ५ असार । स्थानिय बजारमा बुधबार पनि सुनको मूल्य स्थिर रहको छ । मंगलबार छापावाला सुन तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको  सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने घटेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८सय ५ रुपैयाँमा कारोबार भएको हो ।