“सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई ब्याग वितरण”
वि.सं.२०८१ असार ५ बुधवार १२:२०
shares

काठमाडौं, ५ असार । काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मिति २०८१/०३/०४ गतेका दिन स्कूल ब्याग वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल ब्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।
सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख श्री कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख श्री उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष श्री उद्घब काफ्ले र प्रधानाध्यापक श्री धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । सो ब्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।














