Dhulikhel Eco Banner new

खानेपानीको आपूर्तिका लागि विश्व बैंकबाट ८ करोड डलर सहयोग

4.68K
shares

काठमाडौं, २० जेठ । नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशमा खानेपानीको आपूर्ति तथा सरसफाई सेवा सुधारको लागि विश्व बैंकले ८ करोड डलर अर्थात ९८ करोड ६६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका अधिकांश मानिसहरु गरिबीको रेखामुनि रहेका छन् । खानेपानीको आपूर्ति तथा सरसफाईको उचित सुविधा नहुँदा सरुवा रोगको जोखिममा पनि यहि समुदायका मानिसहरु रहेका छन् ।

यसैगरी जलवायु परिवर्तनबाट प्रत्यक्ष रुपमा प्रभावित भएका कारण उनीहरुको जीवनस्तर वृद्धि गर्न विश्व बैंकले उक्त सहयोग गरेको हो ।

यस परियोजनाको उद्देश्य संघीयताको मर्म अनुरुप पालिकाको माध्यमबाट दुर्गम क्षेत्रमा खानेपानी तथा सरसफाईको व्यवस्था गर्नु र दुर्गम क्षेत्रका मानिसहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नु रहेको विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड र्जभोसले बताएका छन् ।