Dhulikhel Eco Banner new

बालेनले भेटे प्रचण्ड, के–के भयो कुराकानी ?

12.52K
shares

काठमाडौं, २२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न बालेन शनिबार विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए । भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन् । हिजो माओवादीको जस्तै एजेण्डा बोकेर चुनाव जितेको भन्दै उनले बालेनको प्रशंसा समेत गरे ।

प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन् । ‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं’ प्रचण्डको भनाइ उदृत गर्दै सचिववालय श्रोतले भन्यो, ‘अब तपाईले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेर्छौ ।’

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए । गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन् ।