Dhulikhel Eco Banner new

नेटवर्थ भनेको के हो ?

3.3K
shares

काठमाडौं, १५ असार । कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ खुद मूल्यअथवा किताबी मूल्य हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ ।