बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज १६ शुक्रवार १०:५०
572
shares
shares

काठमाडौं, १६ असोज । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ हजार ५ सयले बढेको छ ।
महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ९३ हजार ३ सयमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९४ हजार ८ सयमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २५ बढेको छ । बिहिबार ४ हजार ४ सय २५ रुपैंया मा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ४ सय ५० रुपैंया मा कायम भएको हो ।

















