Dhulikhel Eco Banner new

मधेश प्रदेशका मुख्यमन्त्रीलाई बालबालिकाको चिठीसहितको पेटिका हस्तान्तरण

663
shares

काठमाडौं, १६ असोज । मधेश प्रदेशका बालबालिकाले मुख्यमन्त्री कृष्ण यादवलाई चिठीसहितको पेटिका बुझाएका छन् । बालबालिकाले विद्यालयहरुमा आफूहरुले भोगेका समस्या समेटेर मुख्यमन्त्री यादवलाई चिठीसहितको पेटिका बुझाएका हुन् ।

उनीहरुले विद्यालयको भौतिक अवस्था जीर्ण भएको, सबै किताव नआइ परीक्षा दिनुपर्ने बाध्यता रहेको, ६ कक्षा भन्दा माथिका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था नभएको, अपांगतामैत्री भवन नभएको, पुस्तकालय तथा ल्याव नभएकोलगायतका समस्या चिठीमा लेखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्रीलाई बालबालिकाको चिठी हस्तान्तरण एवं मधेशका विद्यालय शिक्षाको अवस्था विषयक र सेवामा समर्पित युथ फोर चेन्ज Youth For Change-YFC संस्थाले ठूलो सफलता प्राप्त गरेको छ । सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्चको सहयोगमा बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका बालबालिकाको गुनासो, समस्या मुख्यमन्त्रीलाई बालबालिकाको गुनासो (भविष्य) पेटिका हस्तान्तरण कार्यक्रममा युथ फोर चेन्जकी अध्यक्ष प्रतिमा पौडेलसहितको टिमले मुख्यमन्त्री यादवलाई चिठीसहितको पेटिका बुझाएका हुन् ।