सोमबार सुनको मूल्य बढ्यो
वि.सं.२०८१ असार १७ सोमवार १२:००
4.15K
shares
shares

काठमाडौं, १७ असार । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य २ सयले बढेको हो ।
सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ। हिजो तोलामा १ हजार ७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि यहि मूल्य निर्धारण रहेको छ ।

















