Dhulikhel Eco Banner new

म्यादि र लघुबीमाको हालत खराब, गत वर्ष भन्दा पनि घट्यो व्यवसाय

अध्यक्ष भन्छन्– लघुवित्त विरुद्धको आन्दोलनको असर पर्‍यो 

5.93K
shares

काठमाडौं, १६ असार । म्यादि र लघुबीमा व्यवसाय ओरालो यात्रामा लागेको छ । बीमा गर्नेको संख्या बढ्दै जानु पर्नेमा म्यादी र लघुबीमा व्यवसाय पछिल्लो समय उल्टै घटेको पाईएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो वर्षको वैशाख भन्दा २०८१ वैशाखमा करिब ८ प्रतिशतले म्यादि र लघु बीमा व्यवसाय घटेको छ । २०८० वैशाख मसान्तसम्म ६८ लाख ३६ हजार ३८२ वटा बीमालेख जारी भएको थियो ।

२०८१ वैशाख मसान्तसम्म आइपुग्दा भने ७।७४ प्रतिशतले घटेर ६३ लाख ०७ हजार ३६६ मा झरेको छ । सरकारले लघुबीमालाई लाइसेन्स दिएको लामो समय पनि भएको छैन । लाइसेन्स दिएको पहिलो वर्ष नै व्यवसाय ओरालो लागेपछि लघुबीमाको भविष्य कस्तो होला रु भन्ने चासोको विषय बनेको छ ।

प्राधिकरण भन्छ– भविष्य राम्रै छ

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील सुवेदी लघुबीमाको भविष्य राम्रै देख्छन् । सुरुवाती अवस्थामा व्यवसाय कम भएकै आधारमा लघुबीमाको भविष्य छैन भन्न नमिल्ने उनले बताए ।

अहिले लघुबीमा व्यवसाय राम्रो नहुनुमा उनले देखेका दुई वटा प्रमुख कारण छन् । पहिलो–बीमा गर्ने सिजन, दोस्रो– सचेतनाको कमी । चैत मसान्तमा धेरै बीमा पोलिसी जारी नहुने भएकाले पनि पछिल्लो तथ्यांकमा कम देखिएको सुवेदीले बताए । आगामी दिनमा भने बढ्ने उनको अनुमान छ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको बीमा सचेतना हो । बीमा बारे आम सर्वसाधारणमा बुझाई राम्रो छैन । धेरैले बीमाबारे बुझेका पनि छैनन् । यसले गर्दा बीमा व्यवसाय माथि पुग्न नसकेको प्रवक्ता सुवेदीको तर्क छ ।

‘म्यादी र लघुबीमा दुवैको राम्रो भविष्य छ, आत्तिनु पर्दैन’ केटिएम भ्वाइसँगको कुराकानीमा उनले भने, ‘बीमा सचेतना अझै बढाउनु पर्नेछ, बीमा साक्षरता बढेसँगै यि व्यवसायको पनि भविष्य राम्रो हुनेछ ।’

‘लघुवित्तको आन्दोलनको पनि असर पर्‍यो’

लघुबीमक संघका अध्यक्ष चिरायु भण्डारीको तर्क भने अलि फरक छ । लघुवित्तको आन्दोलनको असर समेत लघुबीमामा परेको उनले दावी गरे । विश्वमहामारीको रुप्मा फैलिएको कोरोनाको असर सेलाउन नपाउँदै नेपालमा वित्तीय क्षेत्रमाथि आक्रमण भयो ।

मणिराम ज्ञवाली, दुर्गा प्रसाईँ जस्ता व्यक्तिहरूले वित्तीय संस्थाविरुद्ध सडक आन्दोलन नै गरे । त्यसमा पनि ज्ञवालीले त लघुवित्तलाई टार्गेट नै गरेर आन्दोलन गरे । गाउँ गाउँमा ऋण नतिर्ने अभियान नै चल्यो । यसले लघुवित्तको व्यवसायमा असर गर्‍यो ।

लघुवित्तमा परेको ‘चेनइफेक्ट’ लघुबीमामा पनि परेको अध्यक्ष भण्डारी बत्ताउँछन् । प्राधिकरणका प्रवक्ताले भनेजस्तै बीमा बारे बुझाउन नसकिएको उनले स्वीकार गरे । ‘लघुबीमा कसका लागि रु किन गर्ने रु भन्ने कुरा नै बुझाउन सकिएको छैन’ भण्डारीले भने, ‘लघुबीमा बुझाउन अझै केही समय लाग्ला, तर यसको भविष्य चाहिँ नभएको होइन धेरै राम्रो छ ।’

म्यादि बीमा र लघुबीमा निम्न आय भएका गरिब नागरिकका लागि भएको भन्दै उनले यसबारे अब व्यापक बुझाउनु पर्ने बताए ।