Dhulikhel Eco Banner new

अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङखण्ड सञ्चालनमा

4.77K
shares

काठमाडौं, १९ असार । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङखण्ड सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहर नगरपालिका– ६ खरखरे र मर्स्याङ्दी गाउँपालिका– ९ गोपालडाँडामा आएको पहिरो हटाएसँगै लमजुङखण्डको सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । लमजुङखण्डमा सडक सञ्चालन भए पनि मनाङखण्ड भने अवरुद्ध भइरहेको छ । मंगलबार राति चामे गाउँपालिका– १ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।