कृष्ण बेकरीलाई सरकारले तिरायो जरिबाना
वि.सं.२०८१ साउन ३० बुधवार १२:३०
2.82K
shares
shares

काठमाडौं, ३० साउन । कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई सरकारले २ लाख जरिबाना तिराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएसँगै उक्त बेकरीलाई जरिबाना तिराइएको हो ।
सोही स्थानको कृष्ण पाउरोटी भण्डार प्रालिलाई भने अनुगमनपछि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।















