Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

2.67K
shares

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले आईतबार फेरि एकैपटक १ खर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता तान्ने भएको हो।

तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि १०० खर्ब रुपैयाँ तान्न लागेको हो।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।  यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।