Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त

2.65K
shares

काठमाडौं, ३० भदौ । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा सिता घिमिरेलाई नियुक्त गरेको हो ।

बैंकले  भदौ ३० गतेदेखि लागू हुने गरी  उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।