कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ भदौ ३० आइतवार ११:२७
shares

काठमाडौं, ३० भदौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ६ हजार ६ सय ३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति, संघसस्था वा कम्पनीहरूले मात्रै किन्न पाउँछन् । बैंकले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र पनि संस्थापकहरूबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
उक्त शेयर किन्न चाहने सर्वसाधारणले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा के कति कित्ता शेयर लिन चाहेको हो खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ ।














