हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त
वि.सं.२०८१ भदौ ३० आइतवार ११:१२
shares

काठमाडौं, ३० भदौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । उनि आगामी असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ बन्नेछिन् ।
भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यससम्बन्धी सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका छन् । कम्पनीले गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो ।
त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो। साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ ।














