सुनको मूल्य हालसम्मकै उच्च
वि.सं.२०८१ भदौ ३० आइतवार १०:५५
2.69K
shares
shares

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा आइतबार पहेलो धातुुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ५६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आइतबार ५ सयले बढेर १ लाख ५६ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चादीँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।














