Dhulikhel Eco Banner new

नाडेप लघुवित्तमा रोजगारीको अवसर

3.09K
shares

काठमाडौं, १३ असोज । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले  एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो ।

विभाग प्रमुखका लागि चार्टड अकाउन्टेन्ट एसिसिए वा सिपिए तह उत्तीर्ण गरि बैंक तथा वित्तिय संस्थामा २ वर्ष कार्य अनुभव गरेको हुनुपर्नेछ भने अधिकृत/सहायक अधिकृत पदका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति असोज १३ गतेका दिनले १५ दिनभित्र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।