Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.43K
shares

काठमाडौं, २० असोज । शेयर बजारमा आज ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ। उक्त कम्पनीको ६३ करोड ८३ लाख कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १५ करोड ९९ लाख कारोबार भएको छ ।

त्यसैगरी गुडविल फाइनान्सको १५ करोड १३ लाख कारोबार भएको छ भने एसियन लाइफको संस्थापक शेयरको १४ करोड ५७ लाख कारोबार भएको छ ।