सुनको मूल्यमा नयाँ किर्तिमान, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक ६ मंगलवार ११:२१
3K
shares
shares

काठमाडौं, ६ कात्तिक । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ६५ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ सयले बढेर १ लाख ६५ हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । सोमबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर २ हजार १ सयमा कायम भएको छ ।














