Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

3.22K
shares

काठमाडौं, २५ कात्तिक । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि.को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउँछन् । शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।