Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले वृद्धि, २२८ कम्पनीको शेयर मूल्य बढ्यो

3.87K
shares

काठमाडौं, २५ कात्तिक । आइतबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.५४ अंकले बढेर २,७३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ र ३ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ९ अर्ब ७७ करोडको कारोबार भएको हो ।

शेयर बजारमा गुरास लघुवित्त, सहनशिल लघुवित्त र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सानिमा ग्रोथ फण्डकाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.७६ प्रतिशतको दरले घटेको छ ।