शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २५ आइतवार १५:१५
3.51K
shares
shares

काठमाडौं, २५ कात्तिक । आइतबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.५४ अंकले बढेर २,७३८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज गुराँस लघुवित्त वित्तीय, श्रीजनशील लघुवित्त र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन बलेफी हाइड्रोपावर र नारायणी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

















