उच्च अंकले बढेको शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २५ आइतवार १५:१९
shares

काठमाडौं, २५ कात्तिक । आइतबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.५४ अंकले बढेर २,७३८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२८ कम्पनीको शेयर मूल्य बढ्दा सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.७६ प्रतिशतको दरले गुमाएका हुन् ।
यसदिन समाज लघुवित्तका लगानीकर्ताले ४.८६ प्रतिशतका दरले गुमाएका छन् भने मिथिला लघुवित्तका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एनआइसी एसिया ऋणपत्रका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिीएल स्टेबलका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले गुमाएका छन् ।

















