Dhulikhel Eco Banner new

महानगरले हुलाक र इमेलमार्फत पठायो एमालेलाई जरिवाना पत्र

3.38K
shares

काठमाडौं, १० मंसिर । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरपालिकाले हुलाक र इमेलमार्फत पत्र पठाएको छ । आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।

आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

महानगरले शुक्रबार काठमाडौंको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ । तर महानगरले भने जरिवाना जसरी पनि उठाउने बताएको छ ।