Dhulikhel Eco Banner new

तुलसीपुरका सबै वडामा आफ्नै भवन

3.04K
shares

काठमाडौं, २३ मंसिर । तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् ।

भवनविहीन तुलसीपुर -१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।

“हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भवनमा सञ्चालन भएका थिए ।

पालिकाले वडा-वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिने गरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए ।