शेयर बजारमा उच्च अंकले गिरावट, २१४ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ मंसिर २३ आइतवार १५:०७
shares

काठमाडौं, २३ मंसिर । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४५.९३ अंकले घटेर २,६८९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
यसदिन मानुषि लघुवित्त, लाइफ इन्स्योरेसन कर्पोरेसन र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

















