Dhulikhel Eco Banner new

शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक

3.41K
shares

काठमाडौं, २३ मंसिर । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४५.९३ अंकले घटेर २,६८९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन दोल्तीपावर कम्पनीका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने केबिएल डिबेन्चरका लगानीकर्ताले ८.१४ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी स्वाभिमान लघुवित्तका लगानीकर्ताले ७.८९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ६.५० प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।