शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१४
shares

काठमाडौं, २३ मंसिर । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४५.९३ अंकले घटेर २,६८९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा मानुषि लघुवित्त, लाइफ इन्स्योरेसन कर्पोरेसन र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ७.०९ प्रतिशतका दरले गुमाएका छन् ।

















