Dhulikhel Eco Banner new

कृषि विकास बैंकको लाभांश घोषणा

2.9K
shares

काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

साथै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश दिने बताएको छ। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयधरनीमा वितरण हुनेछ।