Dhulikhel Eco Banner new

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार

416
shares

काठमाडौं, ५ असार । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वसनीय नाम रहेको हिमस्टारले नेपालमाफिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ। हिमस्टारले फिफा विश्वकप२०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस्टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ।

कम्पनीका अनुसार,’संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु हाम्रो लागिगर्वको क्षण हो।’यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षकअफर पनि सार्वजनिक गरेको छ।

हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सो भन्दा माथिका टिभी खरिदगर्दा ग्राहकहरूले ३२% सम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टिभी सिजन पास तथा १वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्। यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्चसर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीलेजनाएको छ।

हिमस्टार इलेक्ट्रोनिक्स नेपाली बजारमा गुणस्तरीय होम एप्लायन्सेस तथा टिभीका लागि विश्वसनीयब्रान्डको रूपमा स्थापित छ। यस सहकार्यले ब्रान्डलाई देशभरका खेलप्रेमी उपभोक्ताहरूसँग अझ सशक्तरूपमा जोड्ने अपेक्षा राखिएको छ।