शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस १४ आइतवार १५:३४
shares

काठमाडौं, १४ पुस । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.१२ अंकले बढेर २,६०९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ४७ करोडको कारोबार भएको हो ।
दोहारो अंकले घटेको शेयर बजारमा महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि श्रीजनशील लघुवित्तका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।

















