Dhulikhel Eco Banner new

राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको स्थलगत निरीक्षण गर्ने

4.52K
shares

काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनी तथा संस्थाको निरिक्षण तथा सुपरिवेक्षणको लागि नीतिगत ब्यबस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी विप्रेषण सम्बन्धी कारोवार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि ’विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७९’ जारी गरेको हो ।

विनियमावलीको उदेश्य प्रचलित कानुन बमोजिमका व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए नभएको परीक्षण गर्ने, विप्रेषकको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेषकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोवारमा अन्तरनिहित जोखिम पहिचान तथा सोको व्यवस्थापनको परीक्षण गर्ने, र राष्ट्र बैंकबाट माग गरिएको वा बैंकमा पेश हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने रहेको छ ।

राष्ट्र बैंकको गैर बैंक बित्तियं संस्था सुपरिवेक्षण विभागले त्यस्ता संस्थाको सुपरिवेक्षण गर्ने छ । विनियमावलीको ब्यबस्था अनुसार राष्ट्र बैंकले समष्टिगत स्थलगत निरिक्षण, विशेष निरिक्षण, अनुगमन निरिक्षण, र लक्षित निरिक्षण गर्न सक्ने उल्लेख छ ।

विप्रेषकको स्थलगत निरीक्षण गर्दा वार्षिक कार्ययोजनाबमोजिम गर्नुपर्ने र कार्ययोजनाअनुसार विप्रेषकको स्थलगत निरीक्षण तथा आवश्यकताअनुसार लक्षित, विशेष वा अनुगमन निरीक्षण गर्न सकिने उल्लेख छ । दुई वर्षमा कम्तीमा एक पटक प्रत्येक विप्रेषकको स्थलगत निरीक्षण सम्पन्न गर्नुपर्ने ब्यबस्था गरिएको छ ।