ग्लोबल आइएमई बैंकको अत्याधुनिक भवन बन्दै
वि.सं.२०७९ जेठ २८ शनिवार १०:२७
shares
काठमाडौं, २८ जेठ । ग्लोबल आइएमई बैंक(GBIME) ले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माण हेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ ।
बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौता गरेको छ । उक्त संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।
बैंकको ७६ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।















