शेयर बजारमा सामान्य अंकले वृद्धि, बढ्यो कारोबार रकम
वि.सं.२०८१ पुस २१ आइतवार १५:०५
shares

काठमाडौं, २१ पुस । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३२ अंकले बढेर २,५९१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ८६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त, दोर्दी खोला जल विद्युत र ग्रिन भेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.८८ प्रतिशतको दरले गुमाएका छन् ।


















