Dhulikhel Eco Banner new

नेपालमा २ लाख टन गहुँ निर्यात गर्न भारतले दियो अनुमति

2.69K
shares

काठमाडौं, २१ पुस । भारतले विश्वमा गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ । शनिबार एक सूचना जारी गर्दै नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत अनुमति दिएको हो ।

नेपालले ६ महिनाअघि भारतलाई उक्त परिमाणको गहुँ आयातका लागि माग गर्दै पत्र पठाएको र सोहीअनुसार नेपालमा उक्त परिमाणमा गहुँ आयातका लागि खुला गरेको हो ।

भारतले २०७९ वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सकंटको संकेत देखिएपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतले कोटामार्फत नेपालमा भने गहुँ निर्यात गर्दै आएको छ ।