Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.9K
shares

काठमाडौं, २१ माघ । सोेमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सनराइज फोकस फन्डका लगानीकर्ताले ९.०२ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ८.७४ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले कमाएका छन् ।