Dhulikhel Eco Banner new

शेयर बजारमा ११ अर्ब ८७ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.34K
shares

काठमाडौं, माघ । शेयर बजारमा सोमवार ११ अर्ब ८७ करोड ५९ लाख बढीको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ३० लाख कारोबार भएको हो ।

यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख कारोबार भएको छ भने बरुण हाइड्रोपावरको ३० करोड २२ लाख कारोबार भएको छ ।

त्यसैगरी साहस ऊर्जाको २७ करोड ९१ लाख कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड ४८ लाख कारोबार भएको छ ।