Dhulikhel Eco Banner new

प्रतितोला १ हजारले ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.63K
shares

काठमाडौं, २२ माघ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा  १ लाख ६२ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार १ हजार ९ सयले बढेर तोलामा १ लाख ६४ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । सोमवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर मंगलवार तोलामा १ हजार ९३० रुपैयाँमा कायम भएको छ ।