Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

2.28K
shares

काठमाडौं, २२ माघ । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार १४.०८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य९.९८ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।